२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

जनताले खोजेका परिवर्तनका लागि उम्मेदवारी– रोशन गाहा

२०७९ कार्तिक १५, मंगलबार प्रकाशित ( साल अघि) ७५६ पाठक संख्या

खगेन्द्र पराजुली

कावासोती । नेकपा एमालेका उम्मेदवार रोशन गाहाले आफ्नो उम्मेदवारी जनताले खोजेको परिवर्तनका लागि भएको बताएका छन् ।

नवलपुरको क्षेत्र नं; १ को प्रदेशतर्फ ख मा उम्मेदवारी दिएका निवर्तमान प्रदेश साँसद रहेका गाहाले आफूले यस क्षेत्रमा बिकास निर्माणमा धेरै काम गरेको जिकिर गर्दै अव अधुरा बिकासका कामसँगै जनताले खोजेको अपेक्षा गरेको परिवर्तन गर्नु नै अवको आवश्यकता भएको बताएका हुन् ।

नवलपुर एफएमले सञ्चालन गरेको निर्वाचन बिशेष कार्यक्रममा संवादका क्रममा गाहाले आफ्नो क्षेत्रमा सडक, पुलपुलेसा, खानेपानी, विद्युत लगायतका पूर्वाधर निर्माणका कार्य सम्पन्न गरेको दावी गरे ।

उनले नारायणी तटीय क्षेत्रमा मानव–बन्यजन्तु द्वन्द न्यूनीकरणमा आफ्नो पहलमा ७५ प्रतिसत कार्य प्रगति भएको बताए । पञ्चायती ब्यवस्थादेखि नै चुनावी मोर्चामा होमिएर कहिल्यै हार नबेहोरेका गाहाले संबाद कार्यक्रममा बोल्दै अव पहाडी मार्गलाई प्रदेश राजधानीसँग जोड्न र नवलपुर जिल्लालाई नै नमूना जिल्ला बनाउने दुरगामी कार्यक्रम र नयाँ ढंगबाट बिकास गर्ने आफ्नो अठोट रहेको जिकिर गरे ।
नवलपुर १ को ख मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका लोकप्रसाद भुर्तेल, राप्रपाका रामनाथ उप्रेती, नागरिक उन्मुक्ति पार्टीका खनसरा महतो, नेपालको लागी नेपाली पार्टीका खिमबहादुर सुनार, नेपाली काँग्रेस बिपीका गणेशप्रसाद पोख्रेल, जसपा नेपालका छविलाल राना मगर, मंगोल नेशनल अर्गनाईजेशनका टमबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका शिबकुमार बुढा,स्वतन्त्रबाट चोकनारायण भुसाल र ईश्वरजंग थापाको उम्मेदवारी कायम छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस