कावासोती । नेकपा माओवादी केन्द्रका युवा नेता तथा जिल्ला समन्वय समिति सदस्य एवं नवलपुर प्रदेश सभा “क” का वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार सोम सिर्पालीले जनताको आवश्यकता र चाहना समाधानमा आफूहरुको मुख्य ध्यान रहने बताएका छन् ।
कावासोती – १७ को चुनावी अभियानलाई सम्बोधन गर्दै उनले भने, ‘जनताको सपना, आकांक्षा, चाहना र आवश्यकतालाई हामीले बुझेका छौँ, जनताको समस्या समाधान गर्ने र सम्बोधन गर्नेमा हाम्रो मुख्य ध्यान रहनेछ ।’
उनले विकास निर्माणको खाका लिएर आफूहरु जनताको बीचमा आएको बताउँदै आफुहरुले जनताको बीचमा गएर विकास निर्माणको खाका निर्माणबारे थप छलफल गर्दै बाकी रहेका कामहरु पुरागर्ने समेत बताए ।
कार्यक्रममा उनले जनताको इमानमा कहिल्यै आँच नआउनेगरी कालो धब्बा नलाग्नेगरी आफूहरुले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
उनले देशमा संकट आउनेबेला जहिल्यै पनि कांग्रेस माओवादी एक भएको इतिहास समेत सम्झाए ।