२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

संविधानको रक्षाको निम्ति गठबन्धन आजको आवश्यकता; मिनेन्द्र रिजाल

२०७९ कार्तिक १६, बुधबार प्रकाशित ( साल अघि) ५१९ पाठक संख्या

अरूणखोला । संविधान रक्षाको निम्ति गठबन्धनको आवश्यकता परेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्रि डा मिनेन्द्र रिजालले आज अरूणखोलामा भएको एक कार्यक्रममा बताउनु भएको छ ।

लोकतान्त्रिक वाम गठबन्धन, निर्वाचन परिचालन  समिति नवलपुर क्षेत्र नं। २ को आयोजनामा प्रशिक्षण कार्यक्रममा भएको थियो । कार्यक्रममा रिजालले ओलीले दुई दुई पटक संसद विघटन गरेको कारण हामीहरू एक हुनु परेको बताउनुभयो ।Received_1565733123859538

संविधान जोगाउन सरकारमा पनि एक भयौं र चुनावमा पनि एक भएका छौं र भोलिको दिनमा पनि सरकारमा एक हुने जनाएका छन् ।

त्यसैगरी सोही कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा केन्द्रीय सचिव दिनानाथ शर्माले बिना हिचकाचाहट सबैले गठबन्धनमा मतदान गर्नु हुन अनुरोध पनि गर्नु भएको थियो ।

Received_1023648472365611
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत  समाजवादी) का  केन्द्रीय उपाध्यक्ष केशवलाल श्रेष्ठले नेपाली जनताको समृद्धिका लागि आफूहरू एक  हुनपरेको बताउनुभयो ।

सोही प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य किशन शर्मा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सालिकराम सापकोटा, प्रतिनिधि सभा क्षेत्र नं; २ का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वार विण्णु कार्की, २ “क”का उम्मेद्वार सोम सिर्पाली, २ “ख”का उम्मेद्वार डा गोपाल खनाल, माओवादी केन्द्रबाट प्रतिनिधि सभाको समानुपातिक उम्मेद्वार तारादेवि कुमालले लगायतले मन्तव्य राख्नु भएको थियो ।Received_481776740411216

लोकतान्त्रिक वाम गठबन्धन  नवलपुरका संयोजक हेमराज कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला गठबन्धन समितिका सदस्य तथा माओवादी केन्द्र, नवलपुरका सचिव सुष्मा खनालले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस