२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा घर दैलो कार्यक्रम:मत माग्दै घर घरमा

२०७९ कार्तिक १८, शुक्रबार प्रकाशित ( साल अघि) ७८७ पाठक संख्या

कावासोती । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू मत माग्न घर घरमा पुगेका छन् । विभिन्न दलबाट उम्मेदवार बनेकाहरू आफ्नो पक्षमा मत माग्न व्यस्त छन् ।

अगुवा कार्यकर्ता भेला, पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम गरिरहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले बिहिबारबाट घरदैलोलाई अगाडी बढाएका छन ।

बिहिबार बिहानै कांग्रेसबाट प्रतिनिधि सभा क्षेत्र नं १ मा उम्मेदवार बनेका डा। शशांक कोईराला मत माग्दै कावासोती नगरपालिकाको वडा नं ८ र २ मा पुगे । कोईरालाले आयोगको निर्देशन अनुसार आजबाट घर दैलो सुरु गरेका हुन । नेपाली कांग्रेस नवलपुरका उपसभापति बालकृष्ण घिमिरेले उम्मेदवारहरू प्रचारप्रसार तथा भेटघाटमा व्यस्त रहेको बताए ।

नेकपा एमालेले पनि बिहिबारबाट घरदैलो अभियानलाई अगाडी बढाएको एमाले नवलपुरका प्रचार विभाग प्रमुख सागर पोख्रेलले बताए । एमालेबाट प्रतिनिधि सभा क्षेत्र नं १ मा उम्मेदवार बनेका कृष्ण पौडेलले जिल्लाको बुलिङटारबाट घरदैलो अभियान सुरु गरेको पोख्रेलले बताए ।

प्रतिनिधिसभा सदस्यमा क्षेत्र नं १ मा कांग्रेसका डा। शशांक कोईराला, एमालेका कृष्ण पौडेल, राप्रपा बाट डा।मोहनीलाल भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजन गौतम सहितका उम्मेदवारहरु प्रतिस्पर्धामा रहेका छन ।

नवलपुरमा सत्ता गठबन्धनका दलहरूका उम्मेदवारहरू सँगसँगै कार्यक्रममा हिँडेका छन् । दुई प्रतिनिध सभा र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा गठबन्धन बाट प्रतिनिधिसभा दुवै क्षेत्रमा नेपाली कांग्रेसले र प्रदेश सभा तर्फ २ वटामा माओवादी र एक एक वटामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिएका छन ।

जिल्लाको क्षेत्र नं २ का उम्मेदवारले पनि बुधबार बाट घरदैलो लाई अगाडी बढाएका छन । यो क्षेत्रमा नेकपा एमालेबाट तिल बहादुर महत, कांग्रेसका विष्णुकुमार कार्की, राप्रपाका विष्णु अधिकारी सहितका उम्मेलवारहरुले आफ्ना एजेन्डा सहित घरदैलो सुरु गरेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस