२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

मुस्लीम समुदाय निर्णायक र महत्पुर्ण भुमीकामा; नेता चौधरी

२०७९ कार्तिक १८, शुक्रबार प्रकाशित ( साल अघि) ७५४ पाठक संख्या

नवलपरासी – नेपाली कांग्रेसका नेता विनोद चौधरीले नेपालको राष्ट्रिय राजनितिमा मुस्लीम समुदाय निर्णायक र महत्पुर्ण भुमीकामा रहेको बताएका छन ।

नेपाल मुस्लीम संघद्धारा नवलपरासीको जिमिरेभारमा आयोजीत मुस्लीम अगुवा भेलालाई सम्बोधन गर्दै नेता चौधरीले उक्त कुरा बताएका हुन।

पश्चिम नवपरासी निर्वाचन क्षेत्र न १ मा सत्ता गठवन्धनको तर्फबाट प्रतिनिधीसभा सदस्यमा उम्मेवार रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य चौधरीले मुस्लीम समुदाय नेपालको राष्ट्रिय राजनितिमा निर्णायक र महत्पुर्ण भुमीका निर्वाह गर्न सक्ने समुदाय रहेको जिकिर गरे।

मुस्लीम समुदाय समेत नेपालको परिपेक्षमा मुल कर्णधार भएको जिकिर गर्दै नेता चौधरीले मुस्लीम समुदायको हक अधिकार सुनिश्चित गर्ने अभियानमा आफ्नो र आफ्नो पार्टीको पुर्ण साथ रहेको विश्वास व्यक्त गरे ।

निर्वाचन केन्द्रीत बिषय बस्तुहरुलाई प्रकाश पार्दै नेता चौधरीले यस क्षेत्रको बाढी तथा डुवानको समस्या , उखु किसानको समस्या र उत्पादीक केराको बजारीकरण वारे देखिएको समस्या समाधान गर्न समेत आफ्नो मुख्य प्राथमिकता रहने दावी गरे ।

जनताको आयस्तर बृद्धि हुनुपर्नेमा जोड दिदै नेता चौधरीले समग्र रुपमा मुस्लीम समुदायको शैक्षिक स्तर बृद्धि , बिश्व बिद्यालय स्थापना , लगायतका बिषयमा सरकारले प्राथमिकता दिनुपर्ने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस