कावासोती । हरिबोधिनी एकादशीको अवसरमा नवपपुरका ६ वटा स्थानीय तहले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
आज मनाइने सो एकादशी लागि गैंडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, हुप्सेकोट गाउँपालिका र विनयी त्रिवेणी गाउँपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
ती पालिकाले बिहिवार अलग अलग विज्ञप्ति जारी गर्दै एकादशीको अवसरमा सार्वजनिक बिदा दिने जनाएका हुन् ।
कार्यपालिका कार्यालय, वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक विदा हुने पालिकाहरुले जारी गरेको सूचनामा उल्लेख छ ।