कोल्हुवा । यति बेला चुनावी चटारो बढेको छ । गाउँ गाउँमा नेताहरुको टोलिले भेला तथा प्रशिक्षण देखि भेटघाटलाई तिब्रता दिएका छ्न ।
उम्मेदवार मात्र नभई जनप्रतिनिधि तथा पार्टी कार्यक्रताहरुलाई चुनाव लागेको छ । तर मध्यविन्दु वाड नम्बर २ का अध्यक्ष रामभक्त अधिकारी भने बढी समय जनताको काममा सक्रिय रहेको देखिन्छन् ।
मध्यविन्दु नगरपालिका २ स्थित राधाकृष्ण टोलबाट भागर जाने बाटो बिगत लामोसमय देखि जिण अवस्थामा रहेको हुँदा ट्रयाक खोल्लेर ग्रवल गरि टेक्टर हिंड्न् मिलल्ने बाटो बनाउन आफू लागिपरेको वडाध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो ।
वर्षभरी खाने खेतीपाती भित्र्याउने बेलामा स्थानीयलाई सारै दुख हुने भएकोले सो बाटो बनाउन लागिएको हो । अधिकारीले जनताका कामलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको बताउदै जति सक्दो चाडो ट्रयाक खोलेर ग्रवल गर्ने बताए । स्थानिय बासीहरु बर्षौ देखीको माग पुरा भएकोमा खुसी व्यक्त गरेका छन ।