२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानी: विपन्न परिवारलाई निशुल्क धारा , जेष्ठ नागरिकलाई निशुल्क पानी

२०७९ कार्तिक २२, मंगलबार प्रकाशित ( साल अघि) १३८८ पाठक संख्या

कोल्हुवा । मध्यविन्दु नगरपालिका वडा नं १,२ र ३ का एकल महिला, विपन्न, दलित, अपाङ्ग, सिमान्तकृत वर्ग तथा भुमिहिनहरुलाई खानेपानीको धारा निशुल्क जडान गरिने भएको छ ।

कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आम उपभोक्ता र सर्बसाधारणको जनचाहना र जनगुनासोलाई मध्यनजर गरि केही महत्त्वपूर्ण निर्णयहरु गरेको संस्थाका अध्यक्ष श्रीधर शर्माले जानकारी दिनुभएको छ ।

त्यसैगरी बैठकले “बेसाहारासँग खानेपानी” भने नारालाई सफल बनाई संस्थाको सेवा क्षेत्रभित्रका सबै जेष्ठ नागरिकहरुलाई खानेपानी सर्वसुलभ तरीकाले उनीहरुको पहुंचमा रहनेगरी विस्तार गर्ने निर्णय गरेको बताईएको छ ।

संस्थाले छोराछोरी कोही पनि हेरचाह गर्ने व्यक्ति नभएका जेष्ठ नागरिक र बुढाबुढीले खपत गरेको मासिक ३ युनिटसम्मको पानीको महशुल संस्थाले नै भुक्तान गरीदिने सो भन्दा माथि स्वयंले व्यहोर्नुपर्ने संस्थाका अध्यक्ष शर्माले बताउनुभयो ।

निःशुल्क धारा जडानका लागि भने केही शर्तहरु रहेको संस्थाले  जनाएको छ । आगामी मंसिर ५ गते भित्र सम्बन्धित वडा कार्यालयबाट व्यहोरा खुलाई सिफारिस पत्र सहितको निवेदन दिन खानेपानीले अनुरोध गरेको छ ।

शर्तहरु
१) एकल महिलाको हकमा एकल महिला भएको प्रमाणित हुनु पर्ने छ।
२) २ कट्ठा नम्बरी वा ४ कट्ठा ८ नम्बरी जग्गा भन्दा कम भएका विपन्न, अपाङ्ग, दलित, मधेशी, कुमाल, बोटे,माझी, मुसहर,भुमिहिन , वर्गले सो खुलाई सम्बन्धित वडा कार्यालयबाट सिफारिस सहित निवेदन पेश गर्नु पर्ने छ ।

हेरोस् विज्ञप्ति

FB_IMG_1667813396778

FB_IMG_1667813424581

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस