२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

जनताका गुनासा सुन्दै, भोट माग्दै: विष्णु कुमार कार्की

२०७९ कार्तिक २६, शनिबार प्रकाशित ( साल अघि) ९६३ पाठक संख्या

त्रिवेणी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भोट माग्दै उम्मेदवारहरु घरदैलोमा पुग्न थालेका छन् । विगतका निर्वाचनको जस्तो रौनकता यो पटक नदेखिए पनि उम्मेदवारहरु भने भोट माग्न व्यस्त जस्तै देखिन्छन् ।

Received_1813558782334039

गठबन्धनबाट नेपाली कांग्रेसका नेता विष्णुकुमार कार्की यतिबेला जनताको घरदैलोमा पुगेर भोट माग्दै छन् । नवलपुर संघीय निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका कार्की जनताको गुनासा सुनेर भोट माग्दै घरदैलोमा पुगेका हुन् ।

आज बिनयी त्रिवेणी गाउँपालिका केही वडाहरुमा कार्कीले विगतमा निर्वाचित सांसदले गरेका कामको गुनासो र समिक्षा गर्दै जनतासँग मत मागेको बताए । भोट माग्नेक्रममा जनताले सामान्यतया बाटोघाटो, खानेपानी, स्वास्थ्य, शिक्षा र रोजगारका विषयमा गुनासा उठाएको बताए।

Received_418138270526465

जनताले आधारभुत आवश्यकताका विषयमा जोड दिएका छन्  उम्मेदवार कार्कीले भने–‘जनप्रतिनिधिले जनतालाई महशुष हुनेगरी विकासे योजना ल्याउन आवश्यक छ,’ म जनतासँग नसक्ने कामलाई गर्छु भनेर भन्दिन तर सक्ने कामलाई जिम्मेवारी रुपमा पूरा गर्न विश्वास दिलाउन चाहान्छु ।’ लोकप्रिय कुरा गरेर चुनाब जित्ने अनि पछि जनताको दुःखसुखमा साथ नदिने परिपाटीले जनता निरासा भएको कार्कीले बताए ।

Received_5911151252228820

एमालेले पटक-पटक जिते, तर नवलपुरको लागि केहि गर्न नसकेको कार्कीले बताए । पटक-पटक मौका पाउँदा पनि केहि गर्न नसक्नु ‘कमजोरीको हद’भएकोले यस पटक लोकतान्त्रिक वाम गठबन्धनलाई मत दिई बिजय गराउन कार्कीले आग्रह गरे । ‘गफ गरेर, मिठो हाँसेर चिल्ला कुरा गर्दैमा विकास हुँदैन।’ उनले भने–‘यसको लागि दृढ इच्छाशक्ति र राजनीतिक अनुशासन आवश्यक हुन्छ ।’

नवलपुर जिल्लाले फेरि एक पटक एउटा बौद्धिक व्यक्तित्वलाई उम्मेदवारको रूपमा पाएको छ । कार्की नवलपुर क्षेत्र नम्बर २ मा लोकप्रीय नेता मानिन्छन् । कार्कीले व्यक्तिगत पहलबाटसमेत धेरै विकासका कार्य गरेको स्थानीय बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस