२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

अरुणखोलाको शंकास्पद बस्तु बम नभएको पुष्टि

२०७९ मंसिर ३, शनिबार प्रकाशित ( साल अघि) ४५६ पाठक संख्या

कावासोती — पूर्वी नवलपरासीको अरुणखोलाको भित्री बाटोमा अज्ञात समूहले राखेको प्रेसर कुकर बम सेनाले शनिबार बिहान निष्क्रिय पारेको छ ।

बम फेला परेपछि त्यो क्षेत्र शुक्रबार रातिदेखि नै सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो । शनिबार बिहान साढे ७ बजे अरुणखोलास्थित सेनाको टोलीले बम निष्क्रिय पारेको प्रहरीले जानकारी दिएको छ । कुकरभित्र पटका राखिएको प्रहरीले बताएको छ ।

शुक्रबार राति मध्यविन्दु नगरपालिका वडा नम्बर–१० कोटथर चोकको सडकमा प्रेसर कुकर र त्यसमा बाँधिएको तार देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस