नारायण शर्मा
कावासोती — पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ४ मा मतपेटिका जलाइपछि अवरुद्ध निर्वाचन भोलि सोमबार नै हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृत उमेश प्रसाद लुइँटेलले आज अवरुद्ध भएको त्यो वडामा सोमबार बिहान ७ बजेबाट साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिए ।
स्थानीय नारायण भण्डारीले शान्ति सिर्जना आधारभुत विद्यालय मतदान केन्द्रको समानुपातिक मतपेटिका जलाएपछि त्यहाँ पुनस् निर्वाचन हुने भएको हो ।
त्यहाँका निर्वाचन अधिकृत माधवराज गौतमले निर्वाचन रद्द गरिएको प्रतिवेदन जिल्ला निर्वाचन अधिकृतलाई बुझाइएको जानकारी दिए ।
गौतमका अनुसार मतपेटिका जलाउने भण्डारीले अन्य ३ वटा मतपत्र खसालेपछि अन्तिम मतपेटिकामा बडिलोसन ९शरिरमा दल्ने औषधि० हालेर आगजनी गरेका हुन् ।
९ सय ८० मतदाता रहेको त्यो निर्वाचन केन्द्रमा ७ सय मत खसेको थियो । आगजनीपछि भण्डारी भागेका थिए । उनलाई २ किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।