नवलपुर । आईतबार भएको निर्वाचनमा नवलपुरमा रहेका नेपाली कांग्रेसका दुई प्रभावशाली नेताले मतदान गरेनन् ।
यसअघि नवलपुरबाट तीनपटक लगातार निर्वाचन जितेका नेता डा.शशांक कोइराला अहिले पनि सोही क्षेत्रमा उम्मेदार छन् तर मतदाता नामावलीमा उनको नाम काठमाडौं रहेको छ । निर्वाचन क्षेत्रमा खटिएका उनी मत दिन नगएका हुन् ।
पूर्वी नवलपरासीबाट अहिले पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका विनोद चौधरीले पनि आफ्नो निर्वाचन क्षेत्र छाडेनन् ।
उनी अहिले रहेको क्षेत्रबाट करिब ५० किलोमिटरको दुरीमा देबचुली नगरपालिका वडा नं २ मा उनको नामावली रहेपनि मतदान गर्न गएनन् ।
उनीहरु दुवैले मतदान नगरेको कारण बाहिर नआएपनि निर्वाचन क्षेत्र छोडेर जान नचाहेकै कारण यस्तो भएको कांग्रेस कार्यकर्ताले बताएका छन् ।