२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु जिल्ला अस्पतालमा निःशुल्क मृगौलाको डायलासिस सेवा सुरु

२०७९ मंसिर १३, मंगलबार प्रकाशित ( साल अघि) ५९५ पाठक संख्या

कावासोती । नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालले निःशुल्क मृगौलाको डायलाइसिस सेवा संचालन गरेको छ । आज मंगलबारदेखि डायलासिस गर्नुपर्ने मृगौलाका बिरामीलाई लक्षित गरी मृगौला उपचार सेवा संचालनमा ल्याइएको हो ।

गण्डकी प्रदेश स्वास्थ तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले मंगलबार जिल्ला अस्पतालमा डायलाईसिस सेवाको शुभारम्भ गर्नु भएको हो ।

हाल सम्म पूर्वी नवलपरासीमा मृगौलासम्बन्धी बिरामीलाई डायलाईसिसका लागी चितवन र काठमाण्डौं जानुपर्ने बाध्यता थियो । उक्त सेवा शुरु भएपछि घण्टौं समय र पैसा खर्च गरी डायलाईसिसको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।

अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरेले प्रदेश स्वास्थय मन्त्रालयको आपुर्ती व्यवस्थापन केन्दबाट प्राप्त ४ वटा मेसिन मध्ये ३ वटा मेसिनबाट सेवा सुरु गरिएको जानकारी दिनु भयो । तत्कालका लागी २ जना जनशक्तिको सहयोगमा २४ सै घण्टा सेवा प्रदान गर्ने र आवश्यक जनशक्ति तत्काल व्यवस्थापन गर्ने घिमिरेले बताउनुभयो ।

घिमिरेका अनुसार प्रदेश सरकारको आर्थीक तथा भौतिक सहयोगमा सेवा सुरु गरिएको हो । जिल्लाभित्रै डायलाइसिस सेवा संचालन भएपछि समयसंगै आर्थिक समेत बचत हुने भन्दै विरामीहरु खुशी भएका छन् । सरकारले मृगौला रोगीहरुको निःशूल्क उपचार घोषणा गरेपनि बिरामीले जिल्लाका सरकारी अस्पतालबाट समयमा डायलाइसिस सेवा पाउन नसक्दा बाहिर जानुपर्ने बाध्यता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस