कोल्हुवा । नवलपुर क्षेत्र नं २ का प्रतिनिधिसभाका नवनिर्वाचित साँसद विष्णुकुमार कार्कीले आफुले अभिभावकको भूमिका निर्वाह गर्दै सबै स्थानीयवासीलाई समान व्यवहारले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विजयी भएपछि मतदाताको घरदैलोमा पुगेरआभार व्यक्त गर्न मंगलवार मध्यविन्दु नगरपालिका वडा नं ३ मा पुगेका साँसद कार्कीले सो कुरा बताएका हुन् ।
उक्त वडाको चौराहा, ईटौरा, लेडा, ब्रह्मस्थान गाउँ र मध्यविन्दु नगरपालिकाको कोल्हुवा क्षेत्रमा आयोजित कार्यक्रममा बोल्दै साँसद कार्किले चुनाव अघि आफुले बोलेका सबै कुराहरु पुरा गर्ने बताए ।
उनले भने, नारायणी नदिको तटबन्धन , सुकुम्बासी समस्या समाधान , निकुञ्जबाट आउने बन्यजन्तुको रोकथाम, चितवन राष्ट्रिय निकुञ्जबाट भएका दुःख सास्तीलाई सहजीकरण गरिने, सडक मर्मत तथा संम्भार गर्ने योजना छ । कार्कीले मध्यविन्दु नगरपालिका वडा नं २ र ३ का स्थानीयसँग समेत भेटघाट गरी आभार प्रकट गरेका थिए ।