२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

सडक बिस्तारका लागि नारायणगढमा चल्यो डोजर

२०७९ पौष ८, शुक्रबार प्रकाशित ( साल अघि) ४८१ पाठक संख्या

चितवन । चितवनको नारायणगढ गोन्द्रङमा ६ लेन सडक बिस्तारका लागि घर भत्काउन थालिएको छ । सडक क्षेत्रभित्र परेका घरहरु शुक्रबारदेखि भत्काउन थालिएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढको पुल्चोकबाट घर भत्काउन सुरु गरेको छ । यो सडक निर्माणका क्रममा ५८ वटा घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताए ।

ती घरका २० देखि १०० मिटरसम्मका संरचना सडकको क्षेत्रमा पर्ने उनले बताए । ३५ दिनको सूचना जारी गर्दा पनि नभत्काएपछि डोजर लगाएर भत्काउन सुरु गरिएको पौडेलले बताए।

६ लेन सडकको निर्माण २ वर्ष अघि सुरु भएको हो । आगामी फागुनसम्ममा निर्माण सक्नुपर्ने भएपनि अहिलेसम्म ५८ प्रतिशतमात्रै काम सकिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२%१%

प्रतिक्रिया दिनुहोस