कोल्हुवा । नवलपुरको मध्यविन्दु -३ ईटौरा स्थित ब्रहम बचत तथा ऋण सहकारी सस्थाको २९औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाको उद्घाटन प्रमुख अतिथी मध्यविन्दु नगरपालिका सहकारी शाखाका प्रमुख बिष्णु प्रसाद शर्माले गर्नुभएको थियोे ।
प्रमुख शर्माले सहकारी क्षेत्रलाई अगाडि बढाउन सके आम जनताको जीवनस्तर उकास्न सहज हुने बताउनुभयो । सहकारीले दिने सेवा सुबिधाहरुको अथवा सहकारीमा हुदाको फाइदा बारेमा जानकारी दिदै अब आउने दिनहरुमा सहकारीलाई नयाँ नीति नियम र प्राविधिको प्रयोग गरेर सहकारीलाई अगाडि बढाउनु पर्ने आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो ।
संस्थाको अध्यक्ष काशीराम पाठकको सभापतित्वमा सम्पन्न सभामा संस्थाका कोषाध्यक्ष सुभाष नेपालले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । संस्थाका अध्यक्ष काशिराम पाठकले सहकारीलाई अझै बिस्तार एवम व्यस्थित गर्नका निम्ति मध्यविन्दु वडा नंम्बर ४ लाई समेत समावेश गरी अघि बढ्ने जनाउनु भएको छ ।
कार्यक्रमको स्वागत मन्तवय संस्थाको उपाध्यक्ष सरस्वती पंन्थीले गर्नु भएको थियो भने लेखा समितिका संयोजक निम प्रसार पाठकले लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको हो । सधारण सभाको अवसरमा संस्थाले उत्कृष्ट विद्यार्थीलाई समेत सम्मान गरेको छ ।
त्यस्तै कार्यक्रममा बिशेष अतिथी जिल्ला बचत तथा ऋण सहकारि सस्थाका सदस्य बद्रीनाथ नेपाल, गरिबी संस्थाकी अध्यक्ष प्रभा गिरी, वडा अध्यक्ष तिलक न्यौपाने, विष्णुप्रसाद काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साधारण सभा कार्यक्रममा वडा अध्यक्ष रामभक्त अधिकारी , वडा अध्यक्ष मानबहादुर महतो , सहकारी विज्ञ मुकुन्द प्रसाद पौडेल, देवीप्रसाद पौडेल, नमुना सहकारीकी अध्यक्ष तारा वगाले, इन्द्र बहादुर खड्का, रामप्रसाद लम्साल , युक्त नारायण अर्याल, विमला कुवर , भरतकुमार श्रेष्ठ, नेत्र प्रसाद भण्डारी, शान्ति केसी, शान्ति गुरै , अम्बिका गैरे , महेन्द्र लम्साल , बाल चन्द घिमिरे , भगवती काफ्ले र विभिन्न संंघ संस्थाका पर्धाधिकारी , समाजसेवि तथा उपभोक्ताहरुको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन भने जगतबन्धु आर्यालले गर्नुभएको थियो ।