२०८१ मंसिर १३, बिहिबार
नयाँ
पछिला अपडेट

गैँडाकोटको किसान बचतमा चोरी, हेटौडाबाट कुकुर ल्याउने

२०७९ पौष १९, मंगलबार प्रकाशित ( साल अघि) ४५७५ पाठक संख्या

कावासोती । नवलपुरको गैंडाकोट १० भेडाबारीमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थामा गएराती चोरी भएको छ ।

सहकारीको सटर फोडी कार्यालयाको सेफमा रहेको रु ५ लाख ९१ हजार नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

तीन जनाको संख्यामा रहेका चोरहरुको समुहले साकोसको सटरकोठा फोडेर नगद चोरी गरेर लगेको साकोस भवन सँगै रहेको मुकुन्द सेन दुध संकलन केन्द्रमा काम गर्ने कृष्ण पाण्डेले खबर गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तीन जनाको समुहमा आएका चोरहरुले दुध संकलन केन्द्रमा काम गर्ने पाण्डेको मुख र आँखामा पट्टी बाँधेर मारिदिने धम्की दिएको समेत प्रहरीलाई प्रारम्भिक बयानमा बताएका छन । चोरहरुले सटर फोर्दै गरेको थाहा पाए पछि बाहिर निस्किएका पाण्डेले प्रतिकार गर्ने क्रममा चोरहरुले आँखामा पट्टी बाँधेर मारिदिने धम्की दिएको प्रहरीलाई बयानमा बताएका छन ।

चोरी गरेर चोरहरु भागेपछि पाण्डेले प्रहरीलाई खबर गरेका र घटनास्थलमा प्रहरी पुगेर आवश्यक अनुसन्धान अगाडी बढाएको पूर्वी नवलपरासी प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागी बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाबाट तालिम प्राप्त कुकुर ल्याउने पहल समेत भैरहेको उपरीक्षक तिवारीले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%८%३%१५%४%

प्रतिक्रिया दिनुहोस