कावासोती । नवलपुरको कावासोतीमा आईतबार बिहान गैडाको आक्रमणबाट दुई जना घाईते भएका छन् ।
निकुञ्जबाट निस्केको गैडाले आक्रमण गर्दा कावासोती नगरपालिका वाड नम्बर ११ की ३७ वर्षीय अनिता बोटे र कावासोती १२ का ५५ वर्षीय टिकादत्त अधिकारी घाईते भएको वडाअध्यक्ष शारदाप्रसाद अधिकारीले बताउनुभयो ।
आज बिहान करीब साढे ६ बजे तिर शौचालय गईरहेको अवस्थामा गैंडाले आक्रमण गर्दा आनिता बोटे घाईते भएकी हुन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बोटे अवस्था भने चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाईते आनिताको कोखा र पिठ्युमा खागले प्रहार गरी गैडाले ठूलो घाउ बनाएको छ ।
त्यस्तै बिहान ९ बजेको समयमा बारीमा घाँस काटदै गरेको अवस्थामा टिकादत्त अधिकारीलाई पनि आक्रमण गरेको थियो । आक्रमणको क्रममा उनी सामान्य घाइते भएका छ्न् । उनको अहिले मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।