२०८१ मंसिर १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा अवैध चलेका ४५ वटा क्रसर उद्योगमा सिलबन्दी

२०७९ पौष २५, सोमबार प्रकाशित ( साल अघि) ९६७ पाठक संख्या

नारायण शर्मा

कावासोती  । पूर्वी नवलपरासीमा अवैध रुपमा सञ्चालन गरिएका ४४ वटा क्रसर उद्योगमा जिल्ला प्रशासन कार्यालयले आइतबार सिलबन्दी गरेको छ । दर्ता नवीकरण नगरिएका र मापदण्ड विपरित सञ्चालित सबै क्रसर उद्योग बन्द गरिएको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले मापदण्ड विपरितका सबै उद्योगमा सिल गरिएको र विद्युत् लाइन समेत काटिएको जानकारी दिए । आइतबार बन्द गरिएका १२ वटा ढुंगा क्रसर र ३३ वटा बालुवा प्रशोधन केन्द्र छन् । आइतबार बन्द गरिएका अधिकांश यी उद्योग खोला, महेन्द्र राजमार्गनजिक छन् । नवीकरण नगरिएका र मापदण्ड विपरितका सबै क्रसर उद्योग एकै पटक बन्द गरिएको यो पहिलो पटक हो ।

खोला, राजमार्ग र पुलभन्दा ५ सय मिटर टाढा क्रसर उद्योग हुनपर्नेमा यहाँका अधिकांश उद्योगले सो मापदण्ड पूरा गरेका छैनन् । पहुँचका आधारमा त्यस्ता क्रसर उद्योग संचालन हुँदै आएका थिए । यहाका अधिकांश क्रसर उद्योग राजनीतिक पहुँचबाट सञ्चालित छन । यहाँका ठूला एक दर्जन क्रसर उद्योग महेन्द्रराजमार्ग र पुल ९खोलाकै किनारमा० सञ्चालित छन् । सञ्चालन अनुमति दिँदा नै आर्थिक लाभ लिएर मापदण्ड नपुगेका स्थानमा पनि सञ्चालन अनुमती दिएको जानकार बताउँछन् ।

मापदण्डविपरित सञ्चालनमा रहेका क्रसर र बालुवा प्रशोधन केन्द्रमा अनुगमन गरेर बन्द गर्न लिखित पत्र बुझाउँदा समेत अटेर गरेकाले आइतबार सबै उद्योगमा सिल गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए । जिल्ला प्रशासन, प्रहरी, जिल्ला समन्वय समितिका अधिकारी र विद्युत् प्राधिकरणबाट खटिएको टोलीले विद्युत आपूर्ति बन्द गरेर उद्योगमा सिलबन्दी गरेको हो ।

स्कुल, क्याम्पस, मठ मन्दिर, राजमार्ग, पुल र बजार क्षेत्रभन्दा कम्तिमा ५ सय मिटर टाढा हुनपर्नेमा अधिकांश उद्योग छेउछाउमै सञ्चालित छन् । राजनीतिक पहुँचका आधारमा खोलिएका उद्योग ६ वर्षसम्म नवीकरण समेत नगरेर सञ्चालनमा थिए । नवीकरण नगरिएका र मापदण्डविपरितका सबै क्रसर आइतबार बन्द गरिएको हो ।

अघिल्लो साता गृहमन्त्रालयले परिपत्र गरेर मापदण्ड विपरितका सबै क्रसर बन्द गर्न उर्दी जारी गरेको थियो । गृहको परिपत्र अनुसार स्थलगत अनुगमन गरेर बन्द गर्न आग्रह गर्दा समेत अटेर गरी सञ्चालन गरिएका सबै उद्योग आइतबार बन्द गराइएको हो । यहाँका ४ दर्जन क्रसर तथा बालुवा प्रशोधन केन्द्रमा २ अर्ब भन्दा बढीको लगानी रहेको व्यवसायी बताउँछन् । क्रसर बन्द गर्ने बारेको लिखित जानकारी ब्यवसायीलाई अघिल्लो साता दिइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%३%१%२%

प्रतिक्रिया दिनुहोस