२०८१ मंसिर १३, बिहिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ४४ जना लाभान्वित

२०७९ माघ २८, शनिबार प्रकाशित ( साल अघि) ४३० पाठक संख्या

कावासोती  ।  नवलपुरमा सञ्चालन भएको दुइ दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । जिल्लाको कावासोती नगरपालिका २ मा सञ्चालन भएको दुइ दिने स्वास्थ्य शिविरबाट २ सय ४४ जना लाभान्वित भएका छन् ।

शिविरको पहिलो दिन शुक्रबार आँखाको निशुल्क परीक्षण गरिएको थियो । आँखा शिविरबाट १ सय ४८ जना लाभान्वित भएको आयोजक संस्था कानुङ भेजा प्रतिष्ठानले जनाएको छ।

यस्तै दोश्रो दिन शनिबार सुगर र ब्लड प्रेसरको परिक्षणबाट ९६ जना लाभान्वित भएका छन् । आँखा शिविरमा घले आँखा उपचार केन्द्र नवलपुरका आँखा विशेषज्ञ पदम बहादुर घलेको नेतृत्वको टोलीले परीक्षण गराएको थियो भने शनिबार सुगर र ब्लड प्रेसर परिक्षणमा इन्टीग्रेडेट हस्पिटलको समन्वयमा भएको थियो।

स्वास्थ्य शिविरले आँखा, सुगर तथा ब्लड प्रेसरमा समस्या देखिएकालाई निशुल्करुपमा औषधी र चस्मा समेत वितरण गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस