कावासोती । नवलपुरको कावासोतीमा भोलि देखि १३ गतेसम्म महोत्सव हुने भएको छ ।
नवलपु्र उद्योग वाणिज्य संघको आयोजनामा सातौ नवलपुर महोत्सव हुने भएको हो । महोत्सवको सबै तयारी पुरा भएको छ।
नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष एवं सातौ नवलपुर महोत्सव मुल समितिका संयोजक वैकुण्ठप्रसाद अर्यालले स्थानीय उत्पादन, जातिय सांस्कृतिक पक्ष, पर्यटकीय गतिविधि व्यवसाय प्रर्वधन, स्थानीय प्रतिभा प्रस्फुटन लगायतको विकास र प्रर्वधन गर्ने उदेश्य सहित महोत्सव आयोजना गर्न लागिएको स्पस्ट पार्नुभयो ।
महोत्सवमा आठै पालिकाका कृषि उत्पादन र उद्यमसँग सम्वन्धित प्रत्येक पालिकाको ३ वटा स्टल निशुल्क हुने भएकाले पनि अहिलेको ब्यवसायिक प्रदर्शनी विशेष र अघिल्ला मेला महोत्सव भन्दा फरक हुने अध्यक्ष अर्यालको दावी छ । महोत्सवमा संस्कृतिसँग सम्वन्धित रत्यौली प्रतियोगिता अर्को आकर्षण हुने आयोजकको जिकिर छ । भोलि देखी शुरु हुन गईरहेको महोत्सवमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
महोत्सवमा बाल उद्यान , सास्कृतिक कार्यक्रम , विभिन्न व्यवसायिक प्रदर्शनी , विद्यार्थीहरुद्धारा निर्मित विज्ञान साम्राग्रीको प्रदर्शनी र प्रतियोगिता , टिकटक प्रतियोगिता कृषि प्रदर्शनी र प्रतियोगिता , विभिन्न जातिय सांस्कृतिक झाँकी तथा पहिरन प्रदर्शनी तथा पर्यटकीय गतिविधिका नमूना प्रदर्शनी रहने जनाईएको छ ।
कावासोती नगरपालिका ८ स्थित टुबोर्ग खेल मैदानमा हुने महोत्सवमा करिब पाँच लाख दर्शकले अवलोकन गर्ने तथा १ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य लिएको बताइएको छ ।