२०८१ मंसिर १३, बिहिबार
नयाँ
पछिला अपडेट

७० प्रतिशत विद्यार्थी क्याम्पस छाडेर विदेश पलायन

२०७९ फागुन ५, शुक्रबार प्रकाशित ( साल अघि) ६८७ पाठक संख्या

नवलपुर । नेपालमा विद्यालय छाड्नेको संख्या डरलाग्दो अवस्था पुगेको कुमारवर्ती बहुमुखी क्याम्पसका प्रमुख गुरुप्रसाद सुवेदीले बताउनु भएको छ ।

नवलपुरको सदरमुकाम कावासोतीमा रहेको जिल्ला कै जेठो क्याम्पस कुमारवर्ती बहुमुखी क्याम्पसको ३५ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस समारोहलाई सम्बोधन गर्नु हुँदै उहाँले सो कुरा बताउनु भएको हो ।
विश्वका शक्तिशाली देशहरुले नेपालका विद्यार्थीहरुलाई आकर्षणको केन्द्रविन्दु बनाएर नेपाल सिफारिस केन्द्रको रुपमा स्थापित भएको दुख व्यक्त गर्नुभयो ।

क्याम्पस प्रमुख सुवेदीले पहिलो वर्षमा भर्ना भएका विद्यार्थी चौथौ वर्षको परीक्षा दिने बेलासम्म ३० प्रतिशतमा झरेको गुनासो पोख्नु भयो । करिब ७० प्रतिशत विद्यार्थी क्याम्पस छाडेर विदेशिएको भन्दै नेपालका जनशक्ति जति विदेश पलायन भएको चिन्ता व्यक्त गर्नुभयो । यो डर लाग्दो अवस्थालाई सुधार गर्नका लागि नेपाल सरकारले नै उचित किसिमको कदम चाल्नु पर्ने भन्दै क्याम्पसले नेपाल सरकारलाई ध्यानाकर्षण समेत गराएको छ ।

शुक्रबार ३५ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस समारोहको सभाध्यक्ष्ता क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र पोखरेलको सभाध्यक्ष्ता एवम् प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका नेता डाक्टर शशाँक कोइरालको प्रमुख आथ्यिता रहेको थियो ।

यस्तै कार्यक्रममा गण्डकी प्रदेश सांसद महन्द्रध्वज जिसी, निवर्तमान प्रदेश सासद विष्णु लामिछाने , कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दिपकराज लम्साल लगायतको विशेष आतिथ्यता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस