२०८१ मंसिर १३, बिहिबार
नयाँ
पछिला अपडेट

जिल्ला प्रशासन कार्यालय नवलपुरले चौरमा टेन्ट टाँगेर बैठक

२०७९ फागुन ६, शनिबार प्रकाशित ( साल अघि) ११५७ पाठक संख्या

नारायण शर्मा 

कावासोती । जिल्ला प्रशासन कार्यालयले यहाँको प्रस्तावित नमुना सदरमुकामको भवन निर्माण गर्ने भनेर प्रस्ताव गरिएको सार्वजनिक चौरमा नै टेन्ट टाँगेर शुक्रबार कार्यालय प्र्रमुखको बैठक राखेको छ ।

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सबै सरकारी कार्यालयको भवन निर्माण थलोबारे जानकारी दिन र सम्बन्धित कार्यालयलाई माथिल्लो तहमा भवनको काम अघि बढाउन जिम्मेवारी बोध होस् भनेर टेन्टमा बैठक राखिएको बताए । बैठकमा २५ वटा सरकारी कार्यालयका प्रमुख उपस्थित थिए ।

कावासोती नगरपालिका–३ स्थित केरुंगे खोलाको पूर्वतर्फ रहेको सरकारी जग्गामा सबै सरकारी कार्यालयको एकीकृत भवन निर्माण गर्न डीपीआर तयार भएको छ । त्यहाँ सघन सहरी तथा भवन निर्माण आयोजनाले त्यहाँ सरकारी कार्यालयको भवन निर्माणका लागि कम्तीमा १५ अर्ब बजेट लाग्ने सहरी विकास कार्यालयले जनाएको छ ।

भरतपुरमा रहेको आयोजना कार्यालयले यहाँको कार्यालय निर्माणको काम गर्दा प्रभावकारी नभएको भन्दै स्थानीय तहका प्रमुखहरूले नमुना सदरमुकाममै उक्त कार्यालय राख्न माग गर्दै आए पनि सुनुवाइ भएको छैन ।

प्रस्तावित नमुना सदरमुकाममा सबैजसो सरकारी भवन बनाउन ५ वर्षअघि नै करिब १ सय ७९ बिघा सार्वजनिक जग्गा छुट्याइएको छ । एउटै थलोमा सरकारी कार्यालयका अत्याधुनिक भवन निर्माण गर्ने भनेको ५ वर्ष बितिसक्दा पनि एउटै भवन बनेको छैन । स्थानीय वडा कार्यालयले त्यही स्थानमा पक्की भवन निर्माण गरेर तीन महिनाअघिदेखि कार्यालय सञ्चालन गर्दै आएको छ ।

सबैजसो दलको मुख्य राजनैतिक मुद्दामा एकीकृत सरकारी भवन बनाउने भन्ने भए पनि बजेट विनियोजनका लागि कसैले ध्यान दिएका छैनन् । प्रस्तावित सदरमुकाममा सरकारी कार्यालयसँगै २५ हजार दर्शक अट्ने क्षमताको रंगशाला, खेल मैदान र नेपालकै सबैभन्दा ठूलो पार्क बनाउने प्रस्ताव गरिएको छ । नवलपरासीलाई पूर्वी र पश्चिम नवलपरासीमा विभाजन गरिएपछि पूर्वी नवलपरासीको जिल्ला सदरमुकाम यही स्थलमा बनाउन सरकारले जग्गा छुट्याएर राखेको छ ।

पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा घरभाडामा लिएर अधिकांश सरकारी कार्यालय सञ्चालन गरिएको छ । उता पश्चिम नवलपरासीको सदरमुकाम परासीमा भने सबैजसो सरकारी कार्यालय आफ्नै भवनमा सञ्चालित छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%२%

प्रतिक्रिया दिनुहोस