२०८१ मंसिर १३, बिहिबार
नयाँ
पछिला अपडेट

देवघाटमा कालीगण्डकी जलविद्युत आयोजना बन्ने

२०७९ फागुन ७, आईतबार प्रकाशित ( साल अघि) ५८५० पाठक संख्या

नवलपुर । तनहुँ र नवलपुर ( बर्दघाट सुस्ता पूर्व) मा ३८.१६ मेगावाट क्षमताको कालिका कालीगण्डकी जलविद्युत आयोजना निर्माण हुने भएको छ ।

मौलाकालिका हाइड्रोपावर कम्पनी प्रालिले ५ अर्ब ९६ करोडको लगानीमा कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निर्माणका लागि प्रस्ताव गरेको हो । यो आयोजना तनहुँको देवघाट गाउँपालिकाको वडा नम्बर १, ४ र ५ तथा नवलपुर (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका वडा नम्बर ३ मा रहनेछ ।

कालिगण्डकी नदीमा बन्ने आयोजनाको जडित क्षमता ३८.१६ मेगावाट रहने आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोजना निर्माण हुने नदीमा मासिक रुपमा औसतमा ४०६ घनमिटर प्रति सेकेण्डको बहाब हुने तथा न्यूनतम मासिक बहाव ९० घनमिटर प्रति सेकेण्ड र अधिकतम मासिक बहाव १३ सय ९४ घनमिटर प्रति सेकेण्ड रहने छ । आयोजनाअन्तर्गत ३ वटा ट्रान्सफर्मरहरु रहनेछन् ।

आयोजनाको प्रसारण लाइन १३२ केभीको सिंगल सर्किट रहनेछ भने यसको लम्बाई १० किमि रहने जनाइएको छ । आयोजनाबाट उत्पादित विद्युत कालिका कालिगण्डकी सब–स्टेशनबाट न्यू भरतपुर सब–स्टेशन, चितवनमा जोडिने छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४२%३५%९%६%४%४%

प्रतिक्रिया दिनुहोस