बिशाल न्यौपाने
कोल्हुवा । नवलपुरको मध्यबिन्दु नगरपालिका वाड नम्बर २ कोल्हुवामा रहेको श्रीअरविन्द योग ( आश्रम ) मन्दिरको २०औं बार्षिक जन्मोत्सव आज सम्पन्न भएको छ ।
प्रतिनिधि सभा सदस्य बिष्णु कुमार कार्कीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । माननिय कार्कीले पानसमा दिपप्रजन्न् गरेर कार्यक्रमको उत्घाट्न गर्दै आश्रमका ज्ञान अनुसरण योग्य रहेको बताउनुभयो ।
पछिल्लो समय विभिन्न विकृतिहरु फैलिरहेको अवस्थामा त्यहाँको वातावरण, अध्यनशैली व्यवहारीक भएको बताउनुभयो । त्यस्तै उहाँले आश्रम भन्ने वितिकै फरक सोचाई पर्ने जनमानसमा यो उदाहरण योग्य बन्न सफल भएको दावी गर्नु भएको थियो ।
त्यस्तै पुर्व प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री बिष्णु प्रसाद लामिछाने विषेश अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै लामिछानेले आश्रममा बाल शोषण नभएको दावी गर्नुभयो । उनीहरुलाई आश्रमले शिक्षा मात्र नदिइ जीवन उपयोगि शिक्षा दिएको बताउनुभयो ।
उक्त कार्यक्रममा योग ,ध्यान ,प्रवचन ,शास्त्रीय नित्य ,पौराणिक नाटक आश्रमकै उत्पादित कलाकारहरुले प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन साधिका दुर्गा भण्डारीले गर्नु भएको थियो भने संस्थापक साधक स्वामी राम चन्द्र दासले आश्रमको उत्पति तथा यसको महत्त्वबारे प्रकास पार्नुभएको थियो । कार्यक्रम उहाँकै अध्यक्षतामा सम्पन्न भएको थियो।
साथै उक्त अवसरमा वडा अध्यक्ष तिलकराम न्यौपाने , पर्यटन तथा उघोग कार्यालय नवलपुरका सागर खनाल, बौदिकाली गाउँपालिकाका कृर्षि विकास शाखा प्रमुख सुर्दसन ढुङ्गाना, प्रहरी चौकि कोल्हुवाका प्रहरी सायक निरीक्षक चित्र बहादुर खत्री विभिन्न संघसंस्थाका पधाधिकारी, समाजसेवी स्थानीयहरुको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको हो ।