नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा एक आमाले आफ्ना बच्चासहित मंगलबार नहरमा हामफाल्दा ३ जनाको मृत्यु भएको छ।
सुस्ता गाउँ पालिका वडा नं।२ हरकपुर नजिक २९ वर्षीया प्रतिमा थारूले आफ्ना दुई छोरा ९ वर्षका क्रिष र ७ वर्षीय सुमितलाई साथै लिई पश्चिम गण्डक नहरमा फाल हानेर बेपत्ता भएकी थिईन् ।
स्थानीय महलवारी गाउँ निवासी मानसिक स्थिति सामान्य नरहेकी थारूका श्रीमान् तिर्थराम बैदेशिक रोजगारीका क्रममा भारतमा रहेको बताईएको छ ।
दिउँसो २ बजेको सो घटना लगत्तै प्रहरीले बेपत्ताको खोजि गर्ने क्रममा साझ तीनै जना मृत अवस्थामा फेला परेको जिप्रका नवलपरासी पश्चिमका सूचना अधिकारी प्रनाउ भोजराज पाण्डेले बताउनु भयो ।
पाण्डेका अनुसार नहरमा पानी सुकाई खोजी गर्ने क्रममा घटना स्थलबाट १ सय मिटर तल आमा प्रतिमाले आफ्ना दुई छोराहरूलाई दायाँ र बायाँ हातमा सलले बाधेर हाम फालेको अवस्थामा शव फेला परेको हो ।
मृतक तिनै जनाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल परासी पठाईएको प्रनाउ पाण्डेले बताउनु भयो ।