२०८१ मंसिर १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरको देवचुलीमा जग्गा नापजाँच सुरू

२०७९ फागुन १०, बुधबार प्रकाशित ( साल अघि) ११३० पाठक संख्या

नवलपुर । भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोवासीहरुको जग्गा नापजाँचका लागि नियन्त्रण बिन्दु स्थापना गरिएको छ ।

देवचुली नगरपालिका नगरकार्यपालिकाको आयोजनामा देवचुली वडा नं–४ मा नियन्त्रण बिन्दुको स्थापना गरी नापजाँचको कार्यको सुरूवात गरिएको हो । देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले कार्यको सुरूवात गरेका हुन् ।

देवचुली नगरपालिकाको सबैभन्दा मुख्य समस्याको रुपमा रहेको भूमिहीन सुकुमबासी समाधानका लागि वडा नं–४ बाटै कार्यको थालनी गरिएको वडा नं–४ का वडाध्यक्ष गिरबहादुर थापा क्षेत्री (राम)ले जानकारी दिएका छन् ।

सुकुमबासीको जग्गाधनी पुर्जा प्राप्तिका लागि पहिले नै विभिन्न चरणमा फर्महरु भरिसकेको भए पनि आयोग परिवर्तनले काम अगाडि नबढेको उनले बताए । थापाका अनुसार वडा नं–४ मा नगरकै सबैभन्दा धेरै ८ सय ५८ घरपरिवार सुकुमबासी रहेकाले वडा नं–४ बाट जग्गा नापजाँचको काम थालनी गरिएको छ ।

देवचुलीमा भएका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोवासीहरुको लगतको प्रक्रिया सकिएको देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिए । उनले देवचुलीका १७ वटै वडामा नियन्त्रण बिन्दु कायम गरेर जग्गा नापजाँच गरेर डेटा लिएर भूमि आयोगमा पठाउन सके काम छिटो हुने बताए ।

देवचुली नगरपालिकाले ७ जना कर्मचारी राखेर विगतका दिनदेखि नै काम गरेको र अब करिब अन्तिम चरणमा आइसकेको देवचुली नगरपालिकाकी नगर उपप्रमुख पार्वता तिवारीले जानकारी दिइन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%१%

प्रतिक्रिया दिनुहोस