कोल्हुवा । नवलपुरको मध्यविन्दु – २ कोल्हुवा अवस्थित कुमारवर्ती माध्यमिक विद्यालयको ५५औं वार्षिकोत्सव एवं अभिभावक दिवस आज सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक प्रसाद पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख भिमलाल अधिकारी प्रमुख अतिथी रहनु भएको थियो ।
प्रमुख अतिथी अधिकारीले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उत्घाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाँले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर पछिल्लो समय खस्कदै गएको बताउनु भयो । शैक्षिक क्षेत्रको स्तर उकास्न नगरले अव छिटै नयाँ नितिका साथ अघाढि बढ्ने भन्दै प्रतिवद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख पुर्णकला महतो,शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद रेग्मी विषेश अतिथी रहनुभएको थियो ।
त्यस्तै अतिथीहरुमा वडा नं १,२,३ र ४ वडाका वडा अध्यक्षहरु, नारायणी खानेपानी दोमन भण्डारी, गणेश महतो, काशीराम पाठक, कोल्हुवा खानेपानी तथा सरसर्फाइ उपभोक्ताका संस्थाका अध्यक्ष श्रिधर शर्मा विभिन्न विद्यालय तथा संघ सस्थाका प्रमुख तथा पधाधिकारी, समाजसेवि, पुर्व विद्यार्थी अभिभावक तथा स्थानीयहरुको उपस्थीतिमा कार्यक्रम सम्पन्न्न भएको थियोे ।
विद्यालयका प्रध्यानाध्यापक जनक कुमार केसिले विद्यालयको आर्थिक प्रगति प्रतिव्यदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक कृष्ण गीरीले गर्नु भएको थियो भने स्वागत मनत्व्य शिक्षक हरी प्रसाद काफ्लेले राख्नु भएको थियो ।
त्यस्तै कार्यक्रमका बिच मध्यविन्दु वडा – २ का वडा अध्यक्ष रामभक्त अधिकारीले अक्षयकोषका लागी २५ हजारको चेक प्रदान गर्नुभएको छ । उहाँले गल्याङ्ग नगरपालीका ९ निवासि स्व.ससुरा बुवा प्रेम नारायण गौडेल, आमा केसरी गौडेलको नाममा सो चेक हस्तान्तरण गर्नुभएको हो । त्यस्तै स्थानीय हर्क बहादुर खत्री र मिना बोहोराले पनि रु १२/१२ हजारको अक्षयकोषका लागी रकम हस्तान्तरण गर्नुभएको थियो। अक्षयकोषका रकम गरिब तथा जेहेन्दार विद्यार्थीको लागी छुट्याईएको छ ।