मध्यबिन्दु । नवलपुरको मध्यबिन्दुमा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
बिषेशज्ञ सहितको उक्त स्वास्थ्य शिविरको आयोजना मध्यबीन्दु नगरपालीका स्वास्थ शाखा र सह आयोजना अकला देवि बहुउद्धेसिय सहकारी संस्थाको रहेको थियो।
मध्यविन्दु ७ चोरमारा स्थित नगर अस्पतालमा भएको सो शिविरको समुद्घाटन मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीले गर्नु भएको थियो ।
उक्त शिविर कार्यक्रममाअध्यक्षता मध्यबिन्दु नगर उप९प्रमुख पूर्णकला चौधरीको थियो भने प्रमुख अतिथि को रूपमा नगर प्रमुख भिमलाल अधिकारी हुनुहुन्थ्यो त्यस्तै विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु हुनुहुन्थ्यो भने उक्त कार्यक्रम संचालन जयशोर भुसालले गर्नु भएको थियो ।
उक्त बृहत विषेशज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविरमा भरतपुर स्थित भरतपुर जिल्ला अस्पताल र मौलाकालीका अस्पतालबाट आएका विषेशज्ञ डाक्टरहरुले सेवा दिएका थिए । एक दर्जन चिकित्सकहरुको सहभागितामा सञ्चालित शिविरबाट महिला ४ सय ६१ र पुरुष २ सय १४ गरि जम्मा ६ सय ७५ जना भन्दा बढीले प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा लिएका छन् ।
शिविरबाट विभिन्न सात प्रकारका सेवाहरु उपलब्ध गराएको थियो। स्वास्थ्य परीक्षण, भिडियो एक्सरे, औषधी वितरण , हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, छाला तथा रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, जनरल फिजिसियन, रेडियोलोजिष्ट तथा परामर्श सेवाहरुबाट विभिन्न वडाका वडाबासीहरु लाभान्वित भएका छन्। निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य सेवासँगै निःशुल्क आवश्यक औषधिको वितरण गरिएको थियो।