२०८१ मंसिर १३, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

२०७९ फागुन १२, शुक्रबार प्रकाशित ( साल अघि) ४४० पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दुमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नं: ११ दुवार्दमा सम्पन्न शिविरबाट १ सय ८७  किसान परिवार लाभान्वित भएका छन्।

मध्यविन्दु नगरपालिकाको ६ लाख आर्थिक सहयोगमा नगरपालिकाको पशु सेवा शाखाले उक्त शिविर आयोजना गरेको हो।

बाह्य र आन्तरिक परजिविका कारण लाग्ने रोगविरुद्धका औषधि वितरण गरिएको पशु सेवा शाखाका प्रमुख ज्ञान प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

Received_2667103663431837

शिविरबाट किसानहरुलाई पशुहरुमा लाग्ने रोगहरुको बारेमा जानकारी दिएको र पशुरोगबाट बच्ने उपायबारे परामर्स पनि प्रदान गरिएकोशाखा प्रमुख भट्टराईले बताउनुभयो ।

त्यस्तै पशु स्वास्थ्य शिविर भोलि भने मध्यबिन्दु वडा नम्बर – १० मा रहेको छ । मध्यबिन्दुको नगरपालिका भित्र ४ दिन उक्त शिविर सञ्चालन हुनेछ । यसअघि पनि मध्यबिन्दु नगरपालिकाद्वारा निशुल्क घाँसको बीउ वितरण गरेको थियोे ।

Received_901665954373864

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस