कावासोती । फागुन ३ गते देखि कावासोतीमा जारी सातौँ नवलपुर महोत्सव भोली पनि जारी रहने भएको छ । यस अघि फागुन ३ गते देखि १३ गते सम्मका लागि महोत्सव तय गरिएकोमा आयोजकले एक दिन महोत्सव थप गरेको हो ।
भोली एक दिन थप गरिएको र भोलीनै महोत्सवका सबै कार्यक्रम समापन हुने आयोजक नवलपुर उद्योग बाणिज्य संघका महासचिव सागर पोखे्रलले जानकारी दिनुभयो । आइतबार विभिन्न कलाकारको प्रस्तुती सँगै रास्वपाका सांसद डा.तोशिमा कार्कीको प्रमुख आतित्थ्यतामा समापन कार्यक्रम गरिने उहाँले बताउनुभयो ।
शनिबार महोत्सवमा विभिन्न कलाकारले आफ्नो प्रस्तुती राखेका थिए । महोत्सवमा शनिबार उल्लेख्य दर्शकको उपस्थिती रहेको थियो ।