२०८१ मंसिर १३, बिहिबार
नयाँ
पछिला अपडेट

बुलिङटारको देउसत खोलामा झोलुंगे पुल निर्माण

२०७९ फागुन १५, सोमबार प्रकाशित ( साल अघि) ४५६ पाठक संख्या

नारायण शर्मा

पूर्वी नवलपरासी — दुर्गम क्षेत्र बुलिङटार गाउँपालिकाको अर्खलामा झोलुंगे पुल निर्माण गरिएको छ । गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीले शनिबार दिउँसो एक कार्यक्रम आयोजना गरेर पुलको उद्घाटन गरे ।

बुलिङटार गाउँपालिकाको देउसत खोलामा ३८ लाखको लागतमा ७१ मिटर लामो पुल निर्माण सम्पन्न भएको हो । पुल निर्माण समितिका अध्यक्ष भूपाल लंगेलीका अनुसार यस क्षेत्रमा कार्यरत हिकोडेफ नामक गैरसरकारी संस्थाले पुलको सर्भे र डीपीआर तयार गरेको थियो ।

देउसत खोलामा पुल निर्माण भएपछि अर्खला र घरेलुडाँडाका स्थानीय बासिन्दाहरू लाभान्वित भएका छन् ।पुल नबन्दा स्थानीय बासिन्दाहरूलाई वर्षातमा देउसत खोला तर्न निकै कठिन हुने गरेको थियो ।

पुल निर्माणले बाटो छोटिनुका साथै अर्खला र घरेलुडाँडा गाउँका २ सय १५ परिवार १३ सय मानिस लाभान्वित भएको बताइएको छ । ७१ मिटर लामो यो पुलको चौडाई १ सय ६ सेन्टिमिटर फराकिलो रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस