कावासोती । नवलपुरको कावासोतीमा लघुवित्त संस्था विरुद्ध प्रदर्शन भएको छ ।
बाँचौ बचाओ र अघि बढौ, लघुवित्तिय संस्थाहरूको ज्यादतीको विरुद्धमा एकजुट होऔं भन्ने नारा सहित हिजो कावासोतीको फलफुलचोकमा प्रदर्शन भएको हो ।
नव सामन्तीको रूपमा स्थापित लघुवित्तिय संस्थाहरू, खारेज गर ,लघुवित्तिय संस्थाहरुद्वारा लगाईएको सामुहिक ऋण, मिनाहा गर ,आम गरिब किसानहरुलाई निःशुल्क ऋण, प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको, व्यवस्था गर ,समाजवादी अर्थतन्त्रको विकास गर ” लगायतका माग राख्दै प्रर्दशन गरेको आयोजक लघुवित्त संस्था विरुद्धको संघर्ष समिती केन्द्रिय समिती नेपालले जनाएको छ।
नेकपा विप्लवको जिल्ला इन्चार्ज गंगा ज्ञवाली , संघर्ष समितीको अध्यक्ष मणिराम ज्ञवाली लगायत सय भन्दा बढीको उपस्थितिमा प्रदर्शन भएको हो ।