२०८१ मंसिर १३, बिहिबार
नयाँ
पछिला अपडेट

गैंडाकोटमा आज प्रथम गण्डकी प्रदेश महोत्सव सुरु

२०७९ फागुन २१, आईतबार प्रकाशित ( साल अघि) १४५७ पाठक संख्या

कावासोती । गैंडाकोटमा आज फाल्गुन २१ गते प्रथम गण्डकी औद्योगिक व्यापार महोत्सव २०७९ सुरु हुने भएको छ ।

उद्योग, व्यापार, कृषि र पर्यटनको समन्वयः समृद्र र समुन्नत प्रदेशको उदय ” भन्ने नारा सहित गैडाकोट २ स्थित नारायणी नदी किनार प्रदर्शनी मैदानमा प्रथम गण्डकी औद्योगिक व्यापार महोत्सव २०७९ आज बाट सुरु हुन लागेको हो ।

“उद्योग, व्यापार, कृषि र पर्यटनको समन्वयः समृद्र र समुन्नत प्रदेशको उदय ” भन्ने नारा सहित गैडाकोट २ स्थित नारायणी नदी किनार ( प्रदर्शनी मैदान) मा प्रथम गण्डकी औद्योगिक व्यापार महोत्सव २०७९ आज बाट सुरु हुन लागेको हो ।

आज विशेष कार्यक्रम गरी महोत्सवको समुद्घाटन माननिय शशांक कोइराला द्वारा गरिने र समुद्घाटन कार्यक्रम अन्तर्गत भृकुटी चोक देखी महोत्सव स्थल सम्म विशेष शोभा र्याली गर्ने आयोजकले जनाएको छ ।

महोत्सवको सहसंयोजक एवं जिल्ला उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अमृत भट्टचनले महोत्सवमा ३०० वटा स्टल रहने जानकारी दिए । औद्योगिक व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना र प्रविधि प्रदर्शनी तथा दैनिक उपभोग्य वस्तुहरुको घरायसी सामान, लत्ताकपडा, श्रृंगारका सामग्रीहरु महोत्सवमा बिक्री तथा प्रदर्शनी हुने भट्टचनले बताए । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुसहित दैनिक सांस्कृतिक कार्यक्रम हुने भट्टचनको भनाइ छ ।

महोत्सवको सुरक्षाका लागि सिसि क्यामेराबाट निगरानीका साथै सबै स्टलहरुको बीमा गरिएको भट्टचनले जानकारी दिए । करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको महोत्सवको एक लाखले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव प्रवेशका लागि सर्वसाधारलाई रु ८० तथा विद्यार्थीलाई रु ५० को टिकटको व्यवस्था गरिएको भट्टचनले बताए ।

उक्त आयोजना नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको रहेको र शह-आयोजक जिल्ला नगर उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस