२०८१ मंसिर १३, बिहिबार
नयाँ
पछिला अपडेट

गण्डकी प्रदेशको दुग्ध विकास बोर्डको उपाध्यक्षमा पूर्वसांसद महत नियुक्त

२०७९ फागुन २७, शनिबार प्रकाशित ( साल अघि) ५६७ पाठक संख्या

पोखरा । गण्डकी प्रदेशको दुग्ध विकास बोर्डको उपाध्यक्षमा पूर्वसांसद एवं एमाले नेता तिलबहादुर महत नियुक्त भएका छन् ।

मुख्यमन्त्री खगराज अधिकारीको प्रस्तावमा फागुन ११ गतेको मन्त्रिपरिषद् बैठकले महतलाई नियुक्त गरेको हो ।

बोर्डमा उपाध्यक्षको कार्यकाल चार वर्षको हुनेछ भने र सुविधा प्रदेश सहायक मन्त्रीसरह हुनेछ ।

महत नवलपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका थिए । उनी २०७४ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस