२०८१ मंसिर १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा अदुवाको मुल्य नपाएपछि सुठो बनाउँदै किसान

२०७९ फागुन २९, सोमबार प्रकाशित ( साल अघि) ९८४ पाठक संख्या

नवलपुर । नवलपुरको पहाडी क्षेत्रका कृषकहरुको मुख्य नगदेवालीको रुपमा रहेको अदुवाको सुठो बनाउन व्यस्त छन् । व्यवसायिक रुपमा अदुवा खेती गर्ने किसानहरु अदुवाको मुल्य नपाएपछि अदुवालाई पराम्परागत तरिकाबाट सुठो बनाएका हुन् ।

गाउँमा अदुवा विक्री नभएपछि लामो समयसम्म राख्न सुकाएर सुठो बनाउने गरिन्छ । अदुवा पकेट क्षेत्र बौदीकाली गाउँपालिकाका किसानले काँचो अदुवा विक्री नहुँदा लामो समयसम्म टिकाउन सुठो बनाउन सुरु गरेको बौदिकालीका किसान तिल बहादुर राना बताउनुहुन्छ । सुठो बनाउँदा एक, डेढ वर्षसम्म पनि नबिग्रीने भएकाले किसान त्यस तर्फ लागेका हुन् ।

अदुवा तथा बेसारखेतीका लागि बौदीकाली गाउँपालिका जिल्लाकै प्रसिद्ध मानिने उक्त पालिकामा प्रायः सबै किसानले अदुवा खेती गर्दै आएका छन् । पालिकाभित्र शित भण्डारसमेत नहुँदा खनेर राखिएका अदुवा जोगाउन गार्ह्रो भएको छ ।

काँचो तीन किलो अदुवाको सुठो बनाउँदा एक किलो मात्र बस्ने र विक्री हुने सुनिश्चिततासमेत नहुँदा नोक्सानी व्यहोर्नुपर्ने सम्भावना पनि उत्तिकै छ । यस कारणले सरकारले अदुवाको मुल्य निर्धारण गरे आम किसानलाई राहत पुग्ने निरु रानाको भनाइ छ ।

बौदीकाली बासीको मुख्य आयस्रोत खेती अदुवा भएकाले प्राथमिकतामा राखी प्रशोधन केन्द्र बनाउन किसानहरुको माग छ । यसमा पालिका सकारात्मक भएपनि राष्ट्रिय प्रशासरण लाइन नपुग्दा समस्या भएको नेत्र सारुको गुनासो छ ।

बौदीकालीसहित पहाडी भेग नरम, जौँबारी, अर्खला, कोटथर, रकुवा, आमडाँडाका किसानको मुख्य पेसा अदुवा खेती हो । यहाँ उत्पादित अदुवा मुण्डे, दलदले, भिमाद, रामपुरलगायतका व्यापारीक केन्द्रमा पु¥याउने गरिन्छ । त्यहाँबाट व्यापारीले अन्य बजारमा विक्री गर्ने गर्छन् ।

करोडौं रुपियाँको अदुवा यस जिल्लाबाट निकाशी हुने अग्रणी जिल्लाका रुपमा रहेपनि अदुवा र सुठोको मुल्यमा आउने थप घटका कारण किसानमा थप चिन्ता छाउनु स्वाभाविक रहेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले बताउनुभयो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस