२०८१ मंसिर १३, बिहिबार
नयाँ
पछिला अपडेट

मौलाकालिका केवलकार वैशाख १ गतेदेखि सञ्चालनमा आउने

२०७९ चैत्र ६, सोमबार प्रकाशित ( साल अघि) ६३४ पाठक संख्या

गैंडाकोट ।  वैशाख १ गतेबाट नवलपरासीको धार्मिक क्षेत्र मौलाकालिकामा केवलकार सञ्चालनमा आउने भएको छ । मौलाकालिका केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले दिएको जानकारी अनुसार २०८० वैशाख १ गतेबाट केवलकार सञ्चालनको तयारी गरिएको हो ।

उनले गैंडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जान आउनका लागि केवलकार निर्माणको अन्तिम चरणमा पुगेको बताए । चन्द्रागिरि हिल्स र मनकामना केबलकार निर्माण गरेको अष्ट्रेलियन कम्पनीले नै ५० करोड रूपैयाँको लागतमा मौलाकाली केबलकार निर्माणको काम गरिरहेको छ ।

केबलकार सञ्चालनमा आएपछि प्रतिदिन छ हजार यात्रु आवतजावत गराउन सकिने कम्पनीको विश्वास छ । केवलकारका लागि स्थानीय धार्मिक र सामुदायिक वनको सानाठूला गरी सालका सहित एक हजार ३८ रूख काटिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस