कावासोती । गोरखाको लार्केपासका लागि जाँदै गरेका दुई जना नेपाली हिउँमा फसेपछि उद्धार गरिएको छ ।
हिउँमा फसेको जानकारी आएपछि उनीहरूलाई सामागाउँ प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आज बिहान उद्धार गरिएको हो । नवलपुरका सौरभ खनाल र अनिता घलेलाई उद्धार गरेर धर्मशालासम्म ल्याइएको छ। उनीहरूको अवस्था सामान्य छ ।
उनीहरू बुधबार हिउँमा फसेको जानकारी आएको थियो । लगत्तै प्रहरीहरू त्यसतर्फ गएर उद्धार गरेको उनले बताए ।