मध्यविन्दु । आज राम नवमी पर्व । रामको पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन देशभरी श्रद्धा र भक्तिपूर्वक ‘रामनवमी’ पर्व मनाउने गरिएको छ ।
हिन्दु धर्मग्रन्थ रामायण अनुसार चैत्र शुक्ल नवमी तिथिमा पर्ने आजको दिनलाई भगवान श्रीरामको जन्मदिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको बीचमा आउने भएकाले यो दिन भगवान श्री रामका साथै नवदुर्गा देविको पनि पूजा हुन्छ ।
आजका दिन व्रत बसी रामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने जनविश्वास छ । आजको दिन हिन्दु धर्मावलम्बीहरू बिहानै नुहाइधुवाइ गरी मन्दिरमा गएर पूजा आराधना गर्ने गर्दछन् ।
यस्तै, आज मध्यविन्दु – २ कोल्हुवा नव दुर्गा मन्दिरमा पनि भव्यरुमा पूजाआजा हुनेभएको छ । आज राम नवमी पर्वको अवसरमा वेद चण्डी, रुद्री, धार्मिक प्रवचन, सन्ध्याकालिन पूजा ,चण्डी पाठ, नव दुर्गा पुजा ,फूलटिका , रामायण पाठको बाचन , भजन, संकृतन र लगाएतका कार्यक्रम आज सञ्चालन हुने मन्दिर व्यवस्थापन समितिको अध्यक्ष सरस्वती पन्थीले बताउनुभयो ।
कोल्हुवामा रहनुहुने सम्पूर्ण हिन्दु धर्मालम्वीहरु साथै अन्य धर्मावलम्ली विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधीहरु, लगायत सम्पूर्ण धार्मिक मनहरुलाई कार्यक्रममा उपस्थिति भै कार्यक्रम सफल बनाइदिन अध्यक्ष पन्थीले अनुरोध गर्नु भएको छ । राम नवमीकै अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ।