२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु – ३  ईटौरामा नागरिक र प्रहरी विच सम्वाद

२०७९ चैत्र २६, आईतबार प्रकाशित ( साल अघि) ४८२ पाठक संख्या

मध्यविन्दु । नवलपुरको मध्यविन्दु – ३  ईटौरामा नागरिक प्रहरी विच सम्बाद तथा घरेलु हिंसा सम्बन्धित अन्तरकृया कार्यक्रम आईतबार सम्पन्न भएको छ ।

नगरको मेलमिलाप शाखाको आयोजनामा महिलालाई घरेलु हिंसा सम्बन्धि  सचेतना प्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो।

महिलाहरुलाई हिंसा भनेको के हो ? किन हुन्छ ? कसरी न्यूनिकरण गर्ने , हिंसा भएमा कहाँ कसरी उजुरी गर्ने , घरेलु हिंसामा हुने सजायको व्यवस्था के कस्तो छ ? भन्ने बारेमा जानकारी प्रदान गरिएको थियो ।

IMG 20230409 WA0019

हिंसा भएर पनि सहेर बसेका महिलाहरुलाई प्रहरी कार्यालय , राष्ट्रिय महिला आयोग , स्थानीय तह पालिका र वडा समितिमा लिखित वा मौखिक दुवै रुपमा उजुरी दिन सकिने प्रहरी शाहएक निरिक्षक बिन्दु बिकले जानकारी गराउनुभयो । त्यसमा पनि घरेलु हिंसा , यौनजन्य यातना , आर्थिक यातनाका बारेमा प्रस्ट पार्दे खुलेर आफ्ना समस्यालाई समाधानमा लाग्न आफुले आवज उठाउनु पर्ने कुरामा जोड दिनुभएको थियो ।

IMG 20230409 WA0021

कर्यक्रममा सहभागीहरूले समुदायमा देखेका र भोगेका  विभिन्न किसिमका  हिंसाका बारेमा जानकारी गराउदै , हिंसा न्यूनिकरणमा अबदेखि आफूहरूले पहल गर्ने र सजक हुने बताएका थिए ।

त्यस्तै शनिवार भने मध्यविन्दु वडा नं १ मा यसै सम्बन्धित कार्यक्रक सम्पन्न भैसकेको र नगरका ८ वटा वडाहरुमा कार्यक्रम गरिने नगर मेलमिलापकी संयोजक सरिता केसिले बताउनुभयो । सहभागीहरुलाई विभिन्न क्षेत्रमा हुने हिन्साबाट आफु संगै अन्य महिलाहरुलाई समेत सजक गराउन आग्रह गर्नुभयो ।

IMG 20230409 WA0022

कार्यक्रम वडा सदस्य तथा जिल्ला समन्वय समितिका सदस्य लोकनाथ अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा वडाका स्थानीय महिलाहरुको उपस्थीतिमा सम्पन्न भएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस