कोल्हुवा । नेपाल रेडक्रस सोसाइटी कोल्हुवा उपशाखाको दोस्रो साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बद्रीनाथ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति ऋषिराम कँडेलको प्रमुख अतिथी रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै कँडेलले रेडक्रस मानव सेवाको एउटा उत्कृष्ट संस्था भएको बताउदै स्थानीय निकायले रेडक्रसलाई सकरात्मक रुपले अवलम्बन गदै अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नु भयो , आफुहरुले रेडक्रस बारे जनप्रतिनिधिलाई बुभाउन नसकेको हो कि ? जनप्रतिनिधिहरुले बुझ्न नसकेको भन्दै दुई सम्बन्ध विच ज्ञापीङ भएको बताउनुभयो ।
बताउने क्रममा उहाँले यस् क्षेत्रको भुगोल बाढी, डुवान र सर्व दंर्शंको उच्च जोखिम रहेको भन्दै संस्थाबाट सेवा प्रभाह गर्ने बातावरण संस्थाको भवन निर्माण पछि अझ सहज र व्यवस्थीत हुने बताउनुभयो ।
त्यस्तै उक्त कार्यक्रमको विषेश अतिथीहरुमा वडा नं ३ का वडा अध्यक्ष मान बहादुर महतो , मध्यविन्दु १ का अध्यक्ष तिलकराम न्यौपाने, रेडक्रसको पुर्व जिल्ला मन्त्रि काशिराम पाठक, जिल्ला कोषाध्यक्ष बेद प्रसाद न्यौपाने, पुर्ब उपमेयर ओम कुमारी महतो, जिल्ला समन्वय समितिका सदस्य लोकनाथ अर्याल लगाएतले शुभकामना मनव्य राखेका थिए ।
कार्यक्रमको बार्षिक प्रतिबेदन भने कोषाध्यक्ष युक्त नारायण अर्यालले प्रस्तुत गर्नुभएको थियोे । संस्थाका उपसभापति रेशम बहादुर थापा क्षेत्रीले स्वागत र सचिव पुण्य प्रसाद बस्यालले कार्यक्रमको संचालन गर्नु भएको हो । यो उपशाखाको नया नेतृत्व पनि केही दिनमा चयन हुने छ ।