कावासोती । नवलपुरमा यसवर्ष ४ जना औलोरोगका बिरामी फेला परेका छन् । जुन विरामी आयातित विरामी रहेको जनस्वास्थ कार्यलयका प्रमुख केशव प्रसाद चापागाईले बताउनुभयो ।
गत वर्ष २०७८/७९ भने जिल्लामा ६ जना औलो रोगका बिरामी फेला परेको चापागाईले जानकारी दिनुभयो । शून्य औलो अभियान चालाउदै गर्दा नवलपुरमा पनि औलोका विरामाीका संख्या क्रमीक रुपले घट्दै गएका छन् ।
जिल्लाको कावासोतिमा १ जना ,मध्यविन्दुको १ जना, विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालीकाका १, १ जना गरी जम्मा ४ जनामा संक्रमण देखिएको जनस्वास्थ कार्यायलय नवलपुरले जानकारी गराएको छ ।
जिल्ला स्वास्थ्य प्रमुख चापागाईका अनुसार आयतित औलो निवारण नै नेपालका लागि मुख्य चुनौती हो । यस बाहेक पनि औलोको परीक्षण नहुनु, भारतसँगको खुल्ला सिमाना र भौगोलिक विकटता औलो निवारणको चुनौती रहेको बताउनुभयो ।
यस रोगका बिरामीमा पक्षघात र मष्तिस्काघातको जोखिम हुने गर्दछ । चिकित्सकका अनुसार औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औलो सङक्रमित ‘एनोफिलस’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो ।
शून्य औलो अबको थालनीस नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस विविध जनचेतनामुलक कार्यक्रम गरी मनाइँदै छ ।