कावासोती । नवलपुरको रजहरमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । देवचुली नगरपालिका वडा नं १७ रजहरको वन लागेको डढेलो निभाउने क्रममा जलेर एकजनाको मृत्यु भएको हो ।
गत मंगलबार दिउँसो रजहरस्थित चौतारी सामुदायिक वनमा लागेको डढेलोे निभाउने क्रममा जलेर २२ वर्षीय दामोदर शर्मा खरेलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
आगोले पोलेर गम्भीर घाइते भएका खरेलको उपचारको लागि भरतपुर अस्पताल लगिएपनि थप उपचारका लागी काठमाडौंको कृर्तिपुर अस्पतालमा उपचारको क्रममा बैशाख १३ गते बुधबार मृत्यु भएको चौतारी सामुदायिक वनका अध्यक्ष लोकनाथ अर्यालले जानकारी दिनुभयो ।