२०८१ कार्तिक १५, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकाद्वारा अवैध उत्खनन् कार्यमा प्रयोग भएका उपकरण नियन्त्रण

२०८० बैशाख २५, सोमबार प्रकाशित ( साल अघि) १४४८ पाठक संख्या

चोरमारा । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन् कार्यमा प्रयोग भएका उपकरणहरु नियन्त्रणमा लिएको छ ।

निर्माणधिन अरुणखोला–मित्याल–रामपुर सडक खण्डमा निर्माण कम्पनीले अवैध रुपमा क्रसर उद्योग सञ्चालन र खोला उत्खनन् गरेको पाएपछि नगरपालिकाले उपकरणहरु नियन्त्रणमा लिएको नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।

संघिय सरकार र प्रदेश सरकारको संयुक्त लगानीमा निर्माणधिन उक्त सडक खण्डको राईकोटमा निर्माण कम्पनी रवण रोजन जेवि चितवनले मोवाईल क्रसर स्थापना गरेको छ । क्रसर स्थापना पूर्व कुनै अनुमति नलिएको उक्त ठेक्केदार कम्पनीले स्थानीय खोलाबाट ठुलो परिमाणमा नदीजन्य पदार्थको अवैध उत्खनन् गरेको अनुगमनको क्रममा भेटिएको नगर उपप्रमुख पूर्णकला चौधरीले बताउनुभयो ।

Received_779516863831335

उहाँका अनुसार यस अगाडी समेत निर्माण कम्पनीका उपकरणहरुले अवैध उत्खनन् गरेको भेटेपछि नगरपालिकाले निर्माण कम्पनीलाई नियमानुसारको राजश्व दाखिला अनुरोध गरेर थियो । पटकपटक नगरपालिकाले गरेको अनुरोधलाई बेवास्ता गर्दै निर्माण कम्पनीले अवैध रुपमा क्रसर समेत सञ्चालन थालेपछि नगरपालिकाले अवैध उत्खनन्मा संलग्न दुई वटा एक्साभेक्टर, दुई वटा जेसिभि र एक वटा ट्क्याटर नियन्त्रणमा लिएको अनुगमन समितिका सदस्य एवम् मध्यविन्दु १० का वडा अध्यक्ष रणबहादुर थापाले बताउनुभयो ।

निर्माण कम्पनीले सडक निर्माणको क्रममा आवश्यक ग्रावेल, ढुंगा लगायतको सामाग्रीहरु स्थानीय खोलाबाट नै अवैध रुपमा उत्खनन् गर्दै आएको अनुगमन समितिका सदस्यहरुले बताएका छन् । निर्माण कम्पनीले राईकोट भन्दा केही उत्तरतर्फ पाल्पाको निस्दी गाउँपालिका जोड्ने जलुके पुल निर्माण स्थल नजिकै सिमेन्टबाट ब्लगहरु उत्पादन गरेर चितवन सम्म निकासी गरेको पाइएको अनुगमन टोलिका सदस्य नगरपालिकाका अधिकृत छैठौं विकास नर सिंह राणाले बताउनुभयो ।

नगरपालिकाले नियन्त्रणमा लिएको उपकरण बाहेक पनि अवैध उत्खनन्मा प्रयोग भएका केही सवारीहरुको सवारी नम्बर टिपेर निर्माण कम्पनीको कार्यालयमा नै छाडिएको छ । मध्यविन्दु नगरपालिकाको अरुणखोलाबाट बतासा हुदै पाल्पाको मित्याल, रामपुर जोड्ने उक्त सडक राष्ट्रिय सडक अन्तर्गत रहेको पूर्वाधार बिकास कार्यालय नवलपरासी पूर्वका निमित्त कार्यालय प्रमुख रविन्द्र तिवारीले बताउनुभयो । यस वर्ष असार सम्म करिव ८ किलोमिटर सडक कालोपत्रे निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसंग सम्झौता भएको उहाँले बताउनुभयो ।

Received_759538325659636 768x432.jpeg

सडक निर्माणको क्रममा ठेक्केदार कम्पनीबाट कुनै कमजोरी भएको भए सो सम्बन्धमा आवश्यक समन्वय गरेर निर्माण कार्यलाई तिब्र बनाउने उहाँले बताउनु भयो । निर्माणधिन सडक सम्पन्न भएपछि अरुणखोलाबाट पाल्पाको रामपुर सहित पूर्वी पाल्पा र मध्यविन्दु नगरपालिकाको वडा नं: १४ हुप्सेकोट गाउँपालिकाको वडा नं: ६ लगायत क्षेत्रका स्थानीयहरुको आवतजावत सहज हुनेछ ।

सडककौ ट्याक खोल्ने कार्य सम्पन्न भएपस्चात तत्कालिन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग र लुम्बीनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो  ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%१%२%१%२%

प्रतिक्रिया दिनुहोस