नवलपुर । गण्डकी प्रदेशको प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा श्रीधर शर्मा नियुक्त भएका छन् ।
प्रदेश खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव तेजबहादुर गुरुङ उमेर हदका कारण गत कात्तिक २४ गते पदमुक्त भएपछि प्रदेश सरकारले नयाँ नियुक्ति प्रक्रिया थालेकोमा शर्मालाई नियुक्त गरिएको हो ।
शर्मा पूर्व नवलपरासी नवलपुरका हुन् । उनी भलिबल संघका केन्द्रिय सचिव समेत हुन् । यस अघि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले तिन जनाको नाम सदस्य सचिवका लागि सिफारिस गरेको थियो । शर्मा पेशाले वकिल समेत हुन् ।