२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

गण्डकी खेलकुद परिषदका सदस्य सचिव शर्माद्वारा समाचारको खण्डन

२०८० बैशाख ३०, शनिबार प्रकाशित ( साल अघि) १३४८ पाठक संख्या

कावासोती । गण्डकी प्रदेश खेलकुद परिषदका नवनियुक्त सदस्य सचिव श्रीधर शर्माले आफ्नो सम्बन्धमा भ्रमपूर्ण समाचार प्रकाशन गरिएको भन्दै खण्डन गर्नु भएको छ ।

खेलकुद परिषद्को सदस्य सचिवमा हालै मात्रै नियुक्त हुनु भएका शर्माले सार्वजनिक लाभको पद ग्रहण गरेको भन्दै एक सञ्चार माध्याममा प्रकाशित समाचार आधारहिन भएको बताउनुभयो ।

नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा रहेको कोल्हुवा खानेपानी संस्थाको अध्यक्ष रहनु भएका शर्माले सेवासुविधा बुझिरहेको भन्ने प्रकाशित समाचारमा सत्यता नरहेको भन्दै समाचारको खण्डन गर्नुभएको हो ।

अध्यक्षको रुपमा २०७९ पुस १ गतेबाट कुनैपनि सेवासुविधा नलिने गरी निर्णय भएको भन्दै उहाँले सदस्य सचिव पदमा दरखास्त दिदा कुनैपनि लाभ ग्रहण नगरेको दावी गर्नुभयो ।

उहाँले समाचार प्रकाशन पूर्व सम्बन्धीत व्यक्ति स्वयम् संग समेत कुनै विषय नबुझि समाचार प्रकाशित भएको भन्दै यसबाट भ्रमित नहुन समेत अनुरोध गर्नुभएको छ। संचारकर्मीहरुलाई आचारसंहिता पालना गर्दै तथ्यपरक समाचार सम्प्रेषण गर्न उहाँले आग्रह समेत गर्नुभएको हो ।

नवलपरासी पूर्व मध्यविन्दु नगरपालिका निवासी शर्मा हालै मात्र गण्डकी प्रदेश खेलकुद बिकास समितिको सदस्य सचिव पदमा नियुक्त हुनु भएको छ । भलिबल संघका केन्द्रीय सचिव रहनु भएका शर्मा भलिवलको राष्ट्रिय खेल समेत खेल्नु भएको छ । यस अगाडी खगराज अधिकारी नेतृत्वको प्रदेश सरकारले गरेको नियुक्ती विवादित भएपछि नयाँ सरकारले शर्मालाई सदस्य सचिव नियुक्ती गरेको छ ।

IMG_6658 Scaled.jpeg 1

IMG_6659 1 Scaled.jpeg

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%४%१%३%

प्रतिक्रिया दिनुहोस