२०८१ कार्तिक १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जिल्लास्तरीय खानेपानी गुणस्तर निगरानी समिति गठन

२०८० जेष्ठ ३, बुधबार प्रकाशित ( साल अघि) ११७० पाठक संख्या

कोल्हुवा । नवलपुरमा जिल्लास्तरीय खानेपानी गुणस्तर निगरानी (सर्भिलेन्स) समिति गठन गरिएको छ । जिल्लाभित्र रहेका खानेपानी संस्थाको गुणस्तर निगरानीका लागि स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले राष्ट्रिय खानेपानी गुणस्तर परीक्षण निर्देशिका – २०७० बमोजिम बुधबार उक्त समिति गठन गरेको हो ।

समितिले पानीको मुहानको चेकजाच, उपभोक्ताका धारामा आउने पानीको मुहान तथा ईनार र ट्युवेलको पानीको समेत नमुना संकलन गरी प्रयोगशालामा चेकजाच गरी समन्धित संस्थाहरुलाई गुणस्तरिय पानी वितरणका लागि निर्देशन दिने बताउदै“ संयोजक केशवप्रसाद चापागाईले आम उपभोक्तालाई स्वस्थ्य पानी पिउने वातावरण सृजना गर्ने बताएका छन् ।

IMG 20230517 WA0024

समितिको सदस्यहरुमा खानेपानी इकाइ कार्यालय नवलपुरका प्रतिनिधि टेकबहादुर पूलामी,खानेपानी महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसाल, डण्डाबाट सोभित शर्मा, गैंडाकोटबाट पार्वती शर्मा लम्साल, मध्यबिन्दुबाट उदयराज अर्याल, कावासोतीबाट रमिला भुजेल, देवचुलीबाट गंगाबहादुर थापा, हुप्सेकोटबाट ओमनसिंह रजाली, विनयी त्रिवेणीबाट बालु पुरी र सदस्य सचिवमा स्वास्थ्य कार्यालय नवलपुरका डिल्लीराम तिवारी रहेका छन् ।

IMG 20230517 WA0017

समितिले चालु आर्थिक वर्ष देखिनै प्रभावकारी किसीमबाट कार्यगरी जिल्लाबासीलाई स्वच्छ पानी खुवाउने काममा मद्दत गर्ने, दूषित पानीबाट लाग्ने रोगबाट बच्न सकिने संयोजक केशवप्रसाद चापागाईले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%२%

प्रतिक्रिया दिनुहोस