कोल्हुवा । कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितीले मध्यविन्दु २ का पुर्व खानेपानी अध्यक्ष तथा गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मालाई बिदाई तथा सम्मान गरेको छ ।
शर्मालाई आज एक कार्यक्रमकाबीच खानेपानी संस्थाको अध्यक्ष पदबाट बिदाई गरेको हो भने गण्डकी प्रदेश खेलकुद परिषद्को सदस्य सचिव जस्तो गरिमामय पदमा नियुक्ति भएकोमा सम्मान गरिएको हो ।
जिल्ला प्रशासन कार्यलय नवलपुर पुर्वका प्रमुख कृष्णप्रसाद लम्सालको प्रमुख अथित्यता र कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितीका कार्यवहाक अध्यक्षय सुभाष नेपालको अध्यक्षतामा कार्यक्रमा सम्पन्न भएको थियोे ।
कार्यक्रममा खेलकुद क्षेत्रमा प्रदेश संगै आफ्नो जिल्लाको खेलकुद विकासमा ईट्टा थप्ने काम गरे यो सम्मानले सारर्थक्ता पाउने भन्दै राम्रो काम संगै देखिने उदारणयीय काम गर्न प्रमुख अतिथी लम्सालले आग्रह गर्नुभयो ।
यसैगरी सो अवसरमा खानेपानीका पुरानो समितिमा सचिब रहनुभएका रामभक्त अधिकारीलाई पनि सम्मान गरिएको थियोे । २०७९ मा सम्पन्न स्थानीय चुनावमा मध्यविन्दु नगरपालीक वडा नम्वर २ का वडा अध्यक्षय पदमा निर्वाचित हुनुभएको उहाँलाई सम्मान गरिएको हो ।
त्यस्तै कार्यक्रममा बोल्ने क्रममा सदस्य सचिव शर्माले खेलकुदतर्फ आक्रसित हुने निति तथा योजनालाई व्यवहारिक गराउदै प्रदेश स्तरबाटनै खेल क्षेत्रको विकास गरेर कोल्हुवाको नाम रहने तरीकाले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । खानेपानी संस्थाबाट राजिनामा दिए पनि आवश्यक सरसल्लाह सदैब रहिरहने उहाँको भनाई छ ।
पुर्व अध्यक्ष समेत रहनुभएका श्रीधर शर्मा २०८० साल वैशाख २१ गते गण्डकी प्रदेश खेलकुद समितीमा नियुक्त हुनु भएको हो । उहाँले २२ गते कोल्हुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्षय पदबाट राजिनामा दिनुभएको थियो ।
त्यस पछि सस्थाका उपाध्यक्षय सुभाष नेपाललाई कार्यवाहक अध्यक्षयको रुपमा राखेर काम गरीरहेको खानेपानी संस्थाले जनाएको छ । आज कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वारा यस संस्थाका अभियन्ताद्वय शर्मा र अधिकारी दुवैलाई बधाई तथा सम्मान कार्यक्रम गरेको थियो ।