कावासोती । नारायणी नदीमा खेल्ने क्रममा बेपत्ता १५ वर्षीय बालकको शव दुई दिनपछि भेटिएको छ ।
देवचुली नगरपालिका – १ केउरेनी घर भएका संयोग ढकाल सोमबार दिउँसो ३ :२० बजे साथीहरुसँग पौडी खेल्ने क्रममा केउरेनी घाटबाट बेपत्ता भएका थिए ।
प्रहरी, ससस्त्र प्रहरी, निकुञ्ज सुरक्षार्थ खटिएका कर्मचारी र स्थानीयहरुको खोजतलास पछि मंगलबार बिहान साढे ९ बजे नदीको तल्लो सतहमा झारमा जेलिएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यलय रजहरका प्रमुख शेरबहादुर थापाले जानकारी दिनुभयो ।
शव पोष्टमार्टम प्रक्रिया सकिएपछि परिवारलाई जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।