२०८१ कार्तिक १५, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यबिन्दु नगर खेलकुद बिकास समितिद्वारा आयोजित ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

२०८० जेष्ठ २२, सोमबार प्रकाशित ( साल अघि) १००६ पाठक संख्या

चोरमारा । मध्यबिन्दुको चोरमारामा संचालन भएको  ब्याटमिन्टन प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।

राष्ट्रका लागि खेलकुद, स्वाथ्यका लागि खेलकुद समृद्धि मध्यविन्दुका लागि खेलकुद भन्ने मुल नाराका साथ मध्यबिन्दु नगर खेलकुद बिकास समितिको आयोजनामा सनिवारबाट संचालन भएको व्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको हो।

IMG 20230604 WA0020

आइतबार भएको फाइनल खेलमा  मेन्स ए लेवल तर्फ प्रथम हुनु भएका छन् अनिल मल्ल,थमन बहादुर मल्लले प्रथम पुरस्कार नगद रु २० हजार  कप ,मेडल , प्रमाणपत्रद्वारा सम्मानित हुनुभएको थियो ।

त्यस्तैगरी द्वितीय हुनुभएका भम बहादुर बिक,बिश्व बिश्वकर्मालाई नगद पुरस्कार रु १० हजार  कप ,मेडल, र प्रमाणपत्रबाट सम्मानित हुनुभएको थियो । त्यस्तै तितृयमा नरेन्द्र मान्धर ,संकर थापाले नगद रु ५ हजार कप,मेडल र प्रमाणपत्रबाट सम्मानित हुनुभएको थियो ।

IMG 20230604 WA0023

त्यस्तै फाइनल खेलको मेन्स बि लेबलतर्फ प्रथम हुनेमा बिजय बंसि ,सुनिल मल्ल ठकुरि रहेका छन्  । उहाँहरुले प्रथम पुरस्कार नगद रु १५ हजार कप, मेडल  र प्रमाणपत्र सहित सम्मानित हुनु भएको थियो ।

त्यसैगरी द्वितीय हुनेहरुमा गोबिन्द बिक,भुपेन्द्र थापाले नगद रु ७ हजार पाच सय कप,मेडल र प्रमाणपत्र पुरस्कारबाट सम्मानित हुनुभएको थियो । त्यसैगरी फाइलन खेलको मेन्स सि लेवलतर्फ प्रथम हुनेमा सानु राम महतोको समुहले नगद रु १० हजार  कप, मेडलर प्रमाण पत्रबाट सम्मानित हुनुभएको थियो ।

त्यसैगरि द्वितीय हुनुभएका अमर थापाको समुहले नगद रु ५ हजार कप ,मेडल र प्रमाणपत्रले सम्मानित हुनु भएको थियो । यसैगरि तितृय हुनुभएका सुचन न्यौपाने,नारायण न्यौपानेले नगद रु २ हजार ५ सय, र  कप ,मेडलर प्रमाणपत्रबाट सम्मानित हुनुभएको थियो ।

IMG 20230604 WA0030

त्यसैगरि मेन्स डबल भेट्रान्स तर्फ प्रथम हुनुभएका मित्र बहादुर मल्ल,चिन्तामणि महत्तोलाई प्रथम पुरस्कार नगद रु १५ हजार र कप ,मेडल प्रमाण पत्रबाट सम्मानित गरिएको थियो । द्वितीय हुनुभएका टोप बहादुर दर्लामिको समुहलाई नगर रु ७ हजार रुपैया , मेडल प्रमाण प्रदान गरिएको थियो । त्यसैगरि तृतिय हुनुभएका अनिल गुरुग,यम बहादुर बिकलाई भने नगद रु ३ हजार रुपैया , कप, मेडल र प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो  ।

IMG 20230604 WA0026

समापन कार्यक्रममा बोल्नु हुदै कार्यक्रमका प्रमुख अतिथि मध्यबिन्दु नगरपालिकाका प्रशासकिय अधिकृत ज्ञान प्रसाद पनेरुले बिशेष गरि नगरभित्र रहेका खेलाडिहरुको पहिचान गर्ने,खेलाडिको क्षमता अभिवृद्धि गर्ने  र किशोर  किशोरिहरुमा बढ्देै गइरहेको कुलत तथा विसंगति रोकथाम गरि उनिहरलाई खेल प्रतिआर्कषित गराउने तथा नगरलाई बिभिन्न खेलकुदको क्षेत्रमा अगाडि बढाउन यस किसिमका खेलको आयोजनाले सहयोग पूराउने बताउनुभयो । साथै आगामी दिनहरुमा पनि नगरले अन्य विभिन्न खेलको आयोजन गर्ने योजना रहेको उहाले बताउनुभयो ।

उक्त कार्यक्रममा मध्यबिन्दु नगरपालिका वडा न ७ का वडा अध्यक्ष कर्ण बहादुर मल्ल लगायत अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो । मध्यबिन्दु नगरपालिका खेलकुद बिकास समितिका अध्यक्ष मेघराज पाण्डेको अध्यक्षतामा भएको थियो । भने कार्यक्रमको संचालन उक्त समितिका सचिव हिमाल सिह ठकुरिले गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस